ads

ads

Feature SliderLife style

9 forest picnic destinations around the valley: What are the facilities, how much are the fees?

काठमाडौं । वर्षमा एक दिन साथीभाइ, छिमेकी, आफन्तसँग घरबाट निस्किएर वनभोज जाने प्रचलन छ । कार्यव्यस्तताबाट केही समयका लागि विश्राम लिएर उन्मुक्त रमाउन कहाँ जाने त ?काठमाडौं आसपासका केही रोज्जा गन्तव्य छन्, जहाँ वनभोज जान सकिन्छ ।

गोकर्ण पार्क, जगडोल

काठमाडौंबाट एकदमै नजिक रहेको रमणीय पिकनिक स्पट हो गोकर्ण पार्क । जोरपाटीबाट तीन किलोमिटरको दूरीमा हरेको यो पिकनिक स्पट ६५० रोपनीमा फैलिएको छ । ठूलो जंगल र वरपर घुम्नको लागि राम्रो वातावरण भएको यस पार्कमा पहिले नै यो स्थानमा पिकनिक आएको मान्छेलाई दोस्रो पटकमा केही छुटको पनि व्यवस्था छ ।

सुविधा

पार्किङ : पर्याप्त

खानेपानी : मूलको पानी

शौचालय : ४ वटा

पिकनिक शुल्क : खुल्लाको २३ सय, सेडको ३३ सय रुपैयाँ

सम्पर्क : ९८६०४६७५०१

स्वीट्जरल्याण्ड पार्क

चन्द्रागिरि नगरपालिकामा पर्ने स्वीट्जरल्याण्ड पार्क पनि नजिकै रहेको पार्क हो । अग्लो ठाउँमा जंगलको बीचमा रहेको यो पार्कमा अन्यत्रको तुलनामा बढी सुविधा र एउटै शुल्क रहेको व्यवस्थापन पक्षले जनाएको छ । कलंकीबाट आठ किलोमिटरको दूरीमा रहेको स्वीट्जरल्याण्ड पार्कबाट काठमाडौंको मनोरम दृश्य नियाल्न सकिन्छ ।

सुविधा

पार्किङ : सडक किनारमा

खानेपानी : पिउनको लागि किन्नुपर्ने, खाना पकाउन भाडाबाटै

शौचालय : ४ वटा महिला र ४ वटा पुरुषको लागि

पिकनिक शुल्क : सबै स्पटको लागि ३२ सय रुपैयाँ

सम्पर्क : ९८४९५९७८३३

ads

Related Articles

Back to top button